Loading...
   lalbandi4.sfacl@gmail.com 9844023908 10:00 AM - 4:00 PM, Sunday to Friday
CEO Photo

म यस संस्थाको मिति २०८१ मंसिर १५ गते सम्पन्न संस्थाको ३० औं वार्षिक साधारण सभाबाट अध्यक्षको पदमा निर्विरोध निर्वाचित अध्यक्ष र मेरो नेतृत्वको समितिको टिमको तर्फबाट सम्पूर्ण शेयर सदस्य ज्यूहरु र सरोकारवालाहरु समक्ष यि प्रतिबद्धता गर्दछु ।

- संस्थाले लिएको पञ्चवर्षिय रणनितिक योजना बमोजिमको लक्ष्य र त्यसभित्रको मर्मको पूर्ण पालना गर्दै लक्ष्य प्राप्तीमा हरदम लाग्ने प्रतिबद्धता गर्दछु ।

- सदस्य र संस्था बिच पारस्परीक र जिवन्त सम्बन्ध कायम हुने खालका योजना ल्याइने छ र त्यसको प्रत्याभूति आम सदस्यहरुले गर्नेछन् ।

- शेयर सदस्यहरुको बचतको ग्यारेन्टी गरिनेछ ।

- सदस्य सेवामा समर्पित सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई अझैं प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

- संस्थाको ३० औं वार्षिक साधारण सभा अधिवेशनको पनि सभा भएकोले यो साधारण सभाले निर्विरोध सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । यसको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, निर्विरोधका लागि आफ्नो उम्मेदवारी फिर्ता गर्नुहुने सदस्यहरुलाई हार्दिक धन्यवाद दिंदै कुनै न कुनै भूमिकामा सम्हाहित गरिनेछ ।

- संस्थाको सल्लाहकार, उपसमिति लगायतमा मनोनयन गर्ने सन्दर्भमा सञ्चालक समितिले यथोचित निर्णय गरिनेछ ।

- सहकारी ऐन, नियमावली, संस्थाको विनियम तथा नीतिहरुको अधिनमा रही सुशासनमा सञ्चालन गर्ने प्रतिबद्धता गर्दछु ।

- संस्थामा कार्यरत कर्मचारीहरुलाई उच्च मनोबलमा काम गर्न अभिप्रेरित गरिनेछ भने यथोचित सेवा सुविधा उपलब्ध गराईनेछ साथै कार्यसम्पादनको आधारमा पुरस्कार र दण्डको सिद्धान्तलाई कार्यान्वयन गरिनेछ ।

- सहकारी अभियानको छविलाई उच्च राख्न निरन्तर सम्बाद छलफल, बहस पैरविमा कुनै कसर बाँकी राखिने छैन भने नेतृत्व गर्न हरदम तयारी अवस्थामा रहिनेछ । छाता संघहरुमा हाम्रो नेतृत्व स्थापित गर्न लागी गरिनेछ ।

- एक्सेस ब्राण्डीङ कार्यक्रमको सहभागीतालाई निरन्तरता दिँदै ब्राण्ड लिईनेछ ।

- अन्त्यमा संस्थापक सदस्यहरुलाई हरदम सम्मान र सम्झना गरीनै रहनेछौं भने जेष्ट नागरीक सदस्यहरुलाई सम्मान ब्यक्त गर्दछु ।

 

Dashrath Chaudary

<
9844023908 Events & Activities lalbandi4.sfacl@gmail.com